१६.३२ प्रतिशत लाभांश पारित गर्न नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा असार ३१ गते, बुक क्लोज कहिले ? « Arthapath.com
११ असार २०७८, शुक्रबार

१६.३२ प्रतिशत लाभांश पारित गर्न नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा असार ३१ गते, बुक क्लोज कहिले ?



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले २५ औं वार्षिक साधार बोलाएको छ । असार १० गते बसेको संचालक समितिको बैंकले २५ औं वार्षिक साधाण सभा असार ३१ गते ज्ञानेश्वरको भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बोलाएको हो ।

कम्पनीको साधारण सभामा आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांस गरी कूल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले अध्यक्षले तयार पारेको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि असार १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १७ गतेसम्म शेयर खरिद गर्नेले प्रस्तावित बोनस शेयर प्राप्त गर्न सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्