९ प्रतिशत ब्याज दिने ज्योति विकास बैंकको ऋणपत्र असार २० गतेदेखि निष्कसन गरिने « Arthapath.com
११ असार २०७८, शुक्रबार

९ प्रतिशत ब्याज दिने ज्योति विकास बैंकको ऋणपत्र असार २० गतेदेखि निष्कसन गरिने



काठमाडौं । ज्योति विकास बैंकले ऋणपत्र असार २० गतेदेखि बिmक्री निष्कासन तथा खुला गर्ने भएको छ । ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र असार २० गतेबाट निष्कासन गर्ने भएको हो ।

बैंकले १ हजार अंकित दरका कुल १५ लाख इकाइ भएको ‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्र बिmत्री गर्ने भएको हो । जसमा ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ । सर्वासाधारणका लागि निष्कासन गरिने कुल ६ लाख इकाइमध्ये ५ प्रतिशतले हुने ३० हजार इकाइ सामूहिक कोषहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख ७० हजार इकाइमा सर्वसाधारणका लागि छुट्याईएको छ ।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ३० हजार इकाइसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ । ऋणपत्रको छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गते निष्कासन बन्द गरिनेछ ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्र १० वर्ष अवधिको रहेको छ भने लगानीकर्ताहरुले वार्षिक ९ प्रतिशत ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्