प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेका विभिन्न ४ कम्पनीको संस्थापक साढे ५ लाख सेयर बिक्री खुला

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट क्यपिटल कम्पनी प्रा.लीको स्वामित्वमा रहेका विभिन्न ४ कम्पनीको संस्थापक सेयर आज असार ११ गतेदेखि बिक्री खुला गरिएको छ । कम्पनीको स्वामित्वमा रहेका प्रभु बैंक, नेशनल लाईफ इन्स्योरेन् कम्पनी, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकका गरी संस्थापक ५ लाख ३० हजार कित्ता सेयर बिक्री खुला गरिएको हो ।
प्रभु बैंकको कम्पनीले कोषको रहेको १ लाख कित्ता संस्थापक सेयर रहेका छन् । उक्त सेयरको मूल्य प्रतिकित्ता २२५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, नेशनल लाईफको २ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै, नेपाल ग्रामिण विकास लघुवित्तको ३५ हजार कित्ता सेयर बिक्री गरेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता ६ सय रुपैयाँ तोकिएको छ ।
त्यसैगरी प्राइम कमर्सियल बैंकको १ लाख ७० हजार कित्ता सेयर बिक्री गरेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ ।
उक्त सेयरमा विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आजदेखि असर १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताहरुले सो मूल्य वा सो मूल्यभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बोलपत्र एनआईसी एशिया क्यापिटल बबरमहल काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ ।