४ अर्बको ऋणपत्र निष्कासन गर्न कृषि विकास बैंकलाई धितोपत्र बोर्डको अनुमति « Arthapath.com
११ असार २०७८, शुक्रबार

४ अर्बको ऋणपत्र निष्कासन गर्न कृषि विकास बैंकलाई धितोपत्र बोर्डको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कृषि विकास बैंक लिमिटेडलाई ऋणपत्र निष्कासनको लागि अनुमति दिएको छ । बोर्डले बैंकलाई १२ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न असार १० गते अनुमति दिएको हो ।

अब बैंकले १२ अर्ब बराबरको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । बैंकले सबै ऋणपत्र व्यक्तिगत रुपमा बिक्री गर्नेछ । बैंकले ४ प्रतिशत व्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसको अवधि ९ वर्ष रहेको छ ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडले रहेको छ ।


प्रतिक्रिया दिनुहोस्