जीवन विकास लघुवित्तको आईपीओमा भन्दा बढी आवेदन पर्यो, कतिले दिए आवेदन ? « Arthapath.com
११ असार २०७८, शुक्रबार

जीवन विकास लघुवित्तको आईपीओमा भन्दा बढी आवेदन पर्यो, कतिले दिए आवेदन ?



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार दिउँसो २ः३० बजेसम्म ७३ लाख ८१ हजार ६० कित्ता सेयरका लागि आवेदन परेको हो । आईपीओ खुलेको पहिलो दिनमै ४ लाख ७३ हजार ५ सय २१ जनाले ७३ करोड ८१ लाख रुपैयाँ बराबरको सेयरका लागि आवेदन गरेका हुन् ।

संस्थाले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्