आरविवि मर्चेन्ट बैंकले १ अर्ब रुपैयाँको म्यूचुअल फण्ड निष्कासन गर्ने, बोर्डले दियो अनुमति
काठमाडौं । आरविवि मर्चेन्ट बैंकले म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको म्यूचुअल फण्ड निष्कासन गर्ने भएको हो । नेपाल धितोपत्र बोर्डले आरविवि मर्चेन्ट बैंकलाई म्यूचुअल फण्ड निष्कासन तथा बिक्री गर्न अनुमति दिएको हो ।
कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्तर्गत संचालन हुने बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नाम म्युचुअल फण्ड निष्कासन गर्ने भएको हो ।
बैंकले निष्कासन तथा बिक्री गर्न लागेको म्युचुअल फण्डको समयावधि ७ बर्षको हुनेछ ।