जीवन विकास लघुवित्तको आईपीओमा १३ लाख १५ हजारले दिए आवेदन « Arthapath.com
१३ असार २०७८, आईतवार

जीवन विकास लघुवित्तको आईपीओमा १३ लाख १५ हजारले दिए आवेदन



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आइतबारसम्म १३ लाख भन्द बढीले आवेदन दिएका छन् ।

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार बिहान १०ः३० बजेसम्म २ करोड ३८ हजार ९४० कित्ता सेयरका लागी १३ लाख १५ हजार ३१० जानले २ अर्ब ३८ लाख ९४ हजार रुपैयाँ बराबरको सेयरका लागी आवेदन दिएका छन् । यो मागभन्दा १०.८४ गुणा बढी हो ।  

संस्थाले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०।५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्