बिक्री खुला गरेको तेस्रो दिनमा नै शत प्रतिशत बिक्री भयो एनआइसी एशिया सेलेक्ट–३० फन्ड

काठमाडौं । एनआइसी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डको आइपीओ तेस्रो दिनमा नै दिउँसो १ बजेसम्ममा शतप्रतिशत एकाई बिक्री भएको छ । एनआइसी एशिया क्यापीटल योजना ब्यवस्थापक रही संचालन गरेको १ अर्ब रुपैयाँको बन्दमुखी योजना गत १० गतेदेखि निष्काशन तथा बिक्री भएको हो । उक्त फण्ड बिक्री खुला भएको तेस्रो दिनमा नै माग गरे बमोजिमको आवेदन प्राप्त भएको विक्री प्रबन्धक एनआइसी एशिया क्यापीटलले जनाएको छ ।
उक्त निष्काशनमा आज दिउसो १ बजेसम्म ५४ लाखभन्दा बढी आवेदनबाट शत प्रतिशत इकाई विक्री क्यापिटलले जनाएको छ । उक्त एनआइसी एशिया सेलेक्ट–३० फण्डको इकाईमा भोलि सोमबार बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ । उक्त फण्डमा अत्याधिक माग भएको अवस्थामा फण्डको साइज १ अर्ब २५ करोड पुर्याउन सकिने क्यापीटललका सिइओ रमेन्द्र रायमाझीले बताए ।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ ।