निरन्तर ओरालो लागेको नेप्से आइतबार उकालो बाटोमा, ७ अर्ब १६ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । निरन्तर नयाँ–नयाँ उचाईमा पुगेको नेप्से धितोपत्र बोर्डको कदमपछि केही दिन ओरालो लागेको नेप्से आइतबार पुन उकालो यात्रा तय गरेको छ । नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने कमी आएको छ ।

आइतबार नेप्से परिसूचक २७.१७ अंकले बढेर २८७०.१८ अंकमा बन्द भएको छ । यसअघि गत साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३ अंकमा बन्द भएको थियो ।
आइतबार दिनभरिमा २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार कित्ता सेयर ८२ हजार पटक किनबेच हुँदा ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ । यसअघि बिहीबार २१९ कम्पनीको १ करोड ३२ लाख १० हजार कित्ता ७८ हजार पटक किनबेच हुँदा ७ अर्ब ३ करोड ३६ लाख ३ हजार रुपैयाँको कारोबार भएको थियो ।
