‘एनआईसी एशिया सेलेक्ट ३०’ मा आवेदन दिने आज अन्तिम दिन, आज नै बन्द हुने

काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एशिया सेलेक्ट– ३० (इन्डेक्स फन्ड) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार १० गतेदेखि बिक्री खुला गरिएको एनआईसी एशिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फन्ड) मा आवेदन दिने आज असार १४ गते अन्तिम दिन हो । त्यस्तै, उक्त फण्डमा मागभन्दा बढी आवेदन परेकाले आज नै बन्द गरिने क्यापिटलले जनाएको छ ।
योजना व्यवस्था एनआईसी एशिया क्यापिटल र कोष प्रवद्र्धक एनआईसी एशिया बैंक रहेको छ । यो सात वर्षे बन्दमुखी योजना हो । १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाइ निष्काशन गरेको हो । जसमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्काशन मार्फत बिक्री गरिनेछ ।
यो योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ ।