युनियन लाइफ इन्स्योरेन्सलाई ६० करोड ५० लाख रुपैयाँको आईपीओ निष्काशन गर्न बोर्डको अनुमति « Arthapath.com
१४ असार २०७८, सोमबार

युनियन लाइफ इन्स्योरेन्सलाई ६० करोड ५० लाख रुपैयाँको आईपीओ निष्काशन गर्न बोर्डको अनुमति



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले युनियन लाइफ इन्स्योरेन्सलाई अनुमति दिएको छ ।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै इन्स्योरेन्सले ६० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री गर्नेछ । अब इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

युनियन लाइफले आईपीओ निष्काशनको अनुमति माग्दै गत जेठ ९ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । हाल युनियन लाइफको चुक्तापुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चात् चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपालले आईपीओ निष्काशनका लागि युनियन लाइफले ‘(इक्राएनपी–आईआर) बीबीबी’ रेटिङ प्रदान गरेको छ । यसले आईपीओमा गरिएको लगानी मध्यम किसिमको सुरक्षित रहेको संकेत गर्छ ।


प्रतिक्रिया दिनुहोस्