असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे फ्रिज हुने « Arthapath.com
१४ असार २०७८, सोमबार

असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे फ्रिज हुने



काठमाडौं । धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पाटिसिपेन्ट वा डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीहरुले असार मसान्तसम्म डिम्याट खाता नविकरण गर्न ग्राहकहरुलाई आग्रह गरेका छन् । प्रत्येक वर्षको अन्त्यसम्म डिम्याट खाता निवकरण गर्नुपर्ने व्यवस्था अनुसार निक्षेप सदस्यहरुले असार मसान्तसम्म डिम्याट खाता नविकरण गर्न भनेका हुन् ।

वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुले डिम्याट खाता नवीकरण गर्दछन् । यदि असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरेमा खाता फ्रिज हुने भएको छ । त्यसैले निक्षेप सदस्यहरुले धमाधम सूचना जारी गर्दै असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन् । हालसम्म देशभर ३५ लाख ५७ हजार ७८४ जनाले डिम्याट खाता खोलेको सीडिएससीले जनाएको छ । डिम्याट खाता खोलिदिने संस्था (निक्षेप सदस्य) को संख्या ७७ वटा रहेका छन् ।

डिम्याट खाता नविकरण गर्न सम्वन्धित निक्षेप सदस्यकोमा नै गएर गर्न सकिनेछ । तर पछिल्लो समय अनलाइनबाट नै रकम भुक्तानी गरेर खाता नवीकरण गर्न सकिने ब्यवस्था मिलाईएको छ । सिद्धार्थ क्यापिटल, एनआइबिएलएस क्यापिटल र ग्लोबल आइएमई क्यापिटलले सूचना जारी गरी डिम्याट खाता नविकरण गर्न आग्रह आग्रह गरेका हुन् ।

सिद्धार्थ क्यापिटलको मोवाइल वालेट इसेवा, आइएमई पे, प्रभु पे वा कनेक्ट आइपिएस जस्ता विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने छ । साथै सिद्धार्थ बैंकका जुनसुकै शाखा कार्यालयबाट पनि नवीकरण गर्न सकिने क्यापिटलले जनाएको छ । त्यस्तै, एनआइबिएलएस क्यापिटलको इन्भेष्टमेन्ट बैंकको थैली वालेट र मेरो सेयर प्रोफाइलमा गई विभिन्न विद्युतीय भुक्तानी माध्यममार्फत समेत शुल्क बुझाउन सकिने व्यवस्था गरेको छ । त्यस्तै ग्लोबल आइएमई क्यापिटलले पनि आइएमई पे, इसेवा, कनेक्ट आइपिएस वा ई–बैंकिङसेवामार्फत नवीकरण शुल्क बुझाउन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्