नेप्से नीरन्तर उकालो लाग्दै, झन्डै ८ अर्बको कारोबार « Arthapath.com
१४ असार २०७८, सोमबार

नेप्से नीरन्तर उकालो लाग्दै, झन्डै ८ अर्बको कारोबार



काठमाडौं । केहि दिनदेखि भारी अंकले घटेको नेप्से आज सोमबार लगातार दोस्रो दिन सामान्य अंकले बढेको छ । आज नेप्से ५.११ अंकले बढेर २८७५.४९ अंकमा पुगेर बजार बन्द भएको छ । हिजो आइतबार २७.१७ अंकले बढेर २८७०.१८ अंकमा पुगेर बन्द भएको थियो ।

आज दिनभरी २१९ कम्पनिको १ करोड ९२ लाख ८२ हजार ८ सय १५ कित्ता सेयर ८१ हजार ३ सय पटक कारोबार हुदा ७ अर्ब ७२ करोड ५५ लाख १२ लाख ७ सय १६ रुपैँयाको कारोबार भएको छ ।

आज सबैभन्दा बडि माईक्रोफाइनान्सका लगानिकर्ताले कमाएका छन । माईक्रोफाइनान्स समुह १११.४ अंकले बढेको छ । त्यसैगरी होटल एण्ड टुरीजम समुह २०.२७ अंकले उकालो लागेको छ भने लाईफ इन्स्योरेन्स समुह १४.०६ अंकले उकालो लागेको छ ।त्यसैगरी आज सबैभन्दा धेरै डेभप्लोमेन्ट बैंकका लगानिकर्ताले गुमाएका छन । आज डेभप्लोमेन्ट बैंक ७०.५८ अंकले ओरालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्