आईपीओ भर्नेमा नयाँ रेकर्डः जीवन विकास लघुवित्तको आइपीओ १५ गुणा बढी आवेदन « Arthapath.com
१४ असार २०७८, सोमबार

आईपीओ भर्नेमा नयाँ रेकर्डः जीवन विकास लघुवित्तको आइपीओ १५ गुणा बढी आवेदन



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सोमबारसम्म साढे १८ लाखले आवेदन दिएका छन् । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार सोमबार साँझ ५ः३० बजेसम्म १८ लाख ४७ हजार ५१ जनाले आवेदन दिएका छन् । सोमबारसम्म २ करोड ७९ लाख ८ हजार ९६० कित्ता शेयरका लागी २ अर्ब ७९ करोड ८ लाख ९६ हजार रुपैयाँ संकलन भएको क्यापिटलले जनाएको छ । यो माग गरिएको भन्दा १५.०८ गुणा बढी हो । यो हालसम्मै उच्च आवेदन परेको हो । यसअघि ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा १८ लाख ४ हजार ६४८ जनाले आवेदन दिएका थिए । उक्त रेकर्ड जीवन विकास लघुवित्तको आईपीओले तोडेको हो ।

संस्थाले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०।५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्