सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा ओझा, यस्ता छन मन्त्रिपरिषद बैठकका निर्णय « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा ओझा, यस्ता छन मन्त्रिपरिषद बैठकका निर्णय



काठमाडौं । पछिल्ला ४ वटा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्रा तथा संचारमन्त्री वसन्त नेम्वाङले निर्णय सार्वजनिक गदै सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरेको जानकारी दिएका छन ।

शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा. अर्जुन कार्की, डा. अमिना सिंह, डा. असिम ढकाल, डा. विपिनचन्द्र अधिकारी, दिनेश शाह, दोभान राई, संगिता कौशल मिश्र, डा. सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ, श्रवणकुमार राणा नियुक्त भएको उनले बताएका छन ।

एसीयाली विकास बैंकको कार्यकारी निर्देशकको कार्यालय मनिलामा २ वर्षे कार्यकालका लागि नेपालले प्रतिनिधित्व गर्ने निर्देशकको सल्लाहकारमा श्रम मन्त्रालयका उपसचिव रमेश अर्याललाई मनोनयन गरी काजमा पठाउने पनि निर्णय गरेको छ । त्यसैगरी योगमाया आयुर्वदिक विश्वविद्यालयको पूर्वाधार निर्माण समिति सदस्यमा खड्कबहादुर राई र वंशीधर लामालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्