डाबर नेपालले ल्यायो “नेपालकै पहिलो फोर्टिफाइड जुस” « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

डाबर नेपालले ल्यायो “नेपालकै पहिलो फोर्टिफाइड जुस”



काठमाडौं । डाबर नेपालले वर्षौैंदेखि नेपाली बजारमा आफ्नो उच्चस्तरीय उत्पादनहरुद्वारा ग्राहकहरुको विश्वास जित्दै आएको छ । अहिलेको यो महामारीको अवस्थामा सबैलाई रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता पर्ने हुनाले डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्याउनको लागि नयाँ जुस “रियल इम्यूनो म्याङ्गो प्लस” बजारमा ल्याएको छ, जुन नेपालकै पहिलो फोर्टिफाइड जुस हो ।

फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भए पनि नेपालको लागि यो बिल्कुलै नयाँ उत्पादन हो । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता बारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको हो । एच.एस. बेदी, डाबर नेपालका प्रमुखले प्रेस विज्ञप्तिमा भन्नु भयो – ग्राहकलाई सन्तुष्टी दिन आफ्ना उत्पादन वृहत् बनाउँदै नेपालको नं. १ जुस उत्पादक, डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर छ ।

रियल इम्यूनो म्याङ्गो प्लस, एउटा स्वास्थ्यवद्र्धक र ज्यादै मीठो आँपको जुस हो, जुन पावर अफ फाइभले भरिपूर्ण छ । रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्ककले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्दछ । यति मात्र होइन, यो जुस आँपको मीठो स्वादमा आउने भएकोले यसमा टेष्ट र हेल्थ दुवै पाइन्छ ।

“अहिलेको यो कोभिड–१९ को अवस्थामा ग्राहकहरुले रियल इम्यूनो म्याङ्गो प्लसको अवधारणलाई समय अनुकुल मानेर ज्यादै सराहना गरेका छन” भनेर डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र. गोर्खालीले भन्नु भयो । यसै गरी “प्रोडक्ट डेभलप्मेन्टको दौरानमा गरिएको ब्लाइन्ड टेष्ट पनि उपभोक्ताहरुले रियल इम्यूनो म्याङ्गो प्लसलाई पाँचै सेन्सोरियल मापदण्डमा उच्चतम मूल्याङ्कन गरेका थिए” उहाँले भन्नु भयो । यस उच्च गुणस्तरको फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य रु. ३० र १ लिटर प्याकको मूल्य रु. २५० कायम गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्