सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशत लाभांश पारीत हुँदै

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको २४ औंं साधारण सभा आज हुदै छ । साधारण सभाले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद गरी कुल ११.५७८९ प्रतिशत लाभांश पारीत गर्ने छ ।
साधारण सभा कम्पनीको प्रधान कार्यालय, नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्दै छ । गएको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले आज साधारण सभा गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी सधारण सभाले आर्थिक वर्ष २०७६।७७ को प्रतिवेदन छलफल गरी पारित गर्ने छ भने वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने छ ।साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असार १७ गतेदेखि ३० गतेसम्म बुकक्लोज गरेको थियो ।
असार १६ गते बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले ११.५७८९ प्रतिशत लाभांश प्राप्त गर्ने छन ।