नेरुडे लघुवित्तको संस्थापक शेयर विक्रीमा, क-कसले पाउँछन आवेदन दिन ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । लघुवित्तले १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामी प्रक्रिया मार्फत विक्री गर्ने लागेको हो ।
उक्त शेयरम लगानि गनए इच्छुकले प्रतिकित्ता चार सय रुपैयाँ मूल्य तोकेर आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न कम्पनिले आब्हान गरेको छ ।
उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्ने छन । तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा सबैले लगानि गर्न मिल्ल्ने गरि विक्री प्रक्रिया अघि बढाउने कम्पनिले जनाएको छ ।