बिहिबार सुनचाँदीको मुल्य बढ्यो, तोलामा कति ?

काठमाडौं । आज विहिबार सुनचाँदीको मुल्य बढेको छ । आज नेपाली बजारमा सुनको मुल्य तोलामा ५ सयले बढेर छापावाला सुन प्रतितोला ३२ हजार २ सय र तेजावि सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचँदी वयवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार सुन तोलामा ३ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ७ सय र तेजावि सुन प्रतितोला ९२ हजार २ सयमा र चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हवार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी मंगलबार सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ, तेजावी ९१ हजार ९०० रुपैयाँ र चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम भएको थियो ।
सोमबार छापावाला सुन तोलाको ९२ हजार २०० रुपैयाँ, तेजावी ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।