११.३३ अंकले बढ्यो नेप्से, ८ अर्ब १४ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन आज बिहिबार नेप्से ११.३३ अंकले बढेको छ । आज ११.३३ अंकले बढेर २८८३.३८ अंकमा पुगेर बजार बन्द भएको छ ।
आज दिनभर २ सय २३ कम्पनिको ५८ करोड ५० लाख २ हजार १ सय ९ कित्ता शेयर ७३ हजार २ सय ७२ पटक किनबेच हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३ सय २ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढि हाईड्रोपावर समुहका लगानिकर्ताले कमाएका छन । हाईड्रोपावर समुह ५६.१४ अंकले बढेको छ । त्यसैगरी फाइनान्स समुह ४७.८९ अंकले बढेको छ भने माईक्रोफाइनान्स समुह ४५.७१ अंकले बढेको छ भने व्यापार समुह २८.७१ अंकले बढेको छ ।
त्यसैगरी आज सबैभन्दा बढि होटल एण्ड टुरीजम समुहले सबैभन्दा बढि गुमाएका छन । होटल एण्ड टुरीजम समुह ५० अंकले घटेको छ भने जिवन विमा समुह ४३ अंकले ओरालो लागेको छ ।
