प्राईम बैंकका गाह्रकले खल्ती डिजिटल वालेट सँग खाता लिंक गर्दा १०० बोनस पाईने, यसरि गनुहोर्स लिंक ?

काठमाडौं । खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० बोनस प्रदान गर्ने भएको छ । एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको खल्तीले जनाएको छ ।
बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्ती सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुने खल्ती डिजिटल वालेटले जनाएको छ ।
लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती प्थ्ऋ अनिवार्य भेरीफाइ गराएको हुनु पर्ने पर्छ । त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ ।
यो योजना जुलाई १६ देखि ३१ तारीख सम्म खल्ती सँग प्राईम बैंक लिंक गर्ने जोकोहिलाई लागु हुने खल्ती डिजिटल वालेटले जानकारी दिएको छ ।
प्राईम बैंक अकाउन्ट खल्ती सँग कसरी लिंक गर्ने ?
● खल्तीको होम स्क्रिनमा देखाइएको “मोर” अप्सनमा गई लिंक बैंक अकाउन्ट मा ट्याप गर्ने
● उपलब्ध बैंकहरु मध्ये “प्राईम बैंक” सेलेक्ट गर्ने
● आवश्यक सबै विवरणहरु भरि “सब्मिट” बटनमा थिच्ने
● अब रजिस्टर गरिएको मोबाइल मा प्राप्त वान टाइम पासवर्ड (ओटिपी) दाखिला गरी खल्ती खातासँग आफ्नो प्राईम बैंक अकाउन्ट लिंक गर्न सकिन्छ ।