सोमबार सुनको भाउ बढ्यो, चाँदी घट्यो « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

सोमबार सुनको भाउ बढ्यो, चाँदी घट्यो



काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । हिजो ६ सयले घटेको सुनको मुल्य आज २ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ८ सय र तेजावि सुन ९२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार सुन तोलामा ६ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार ६ सय र तेजावि सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाले घटेर तोलामा १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्