यूनियन लाइफको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ ।
साउन १ गतेदेखि लागू हुने गरी यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले २ वर्षको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएसंगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका कामहरु प्रभु क्यापिटलले गर्ने छ ।