विषाक्त मदिरा सेवनबाट ४ जनाको ज्यान गयो, दुई गम्भीर बिरामी « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

विषाक्त मदिरा सेवनबाट ४ जनाको ज्यान गयो, दुई गम्भीर बिरामी



काठमाडौं । बागलुङमा विषाक्त मदिरा सेवन गर्दा ४ जनाको ज्यान गएको छ भो २ जना दुई जना गम्भीर बिरामी परेका छन । बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने ४ जना मजदुरहरूको विषक्र मदिरा सेवनबाट ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ज्यान गुमाउनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहका छन । धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

त्यसैगरी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुन गम्भीर बिरामी परेका छन ।उनीहरुको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।

हिजो उनीहरुले स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिराको सेवन गरेका थिए । प्रहरीका अनुसार मदिरा पसल सञ्चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्