कतारले माग्यो १८४ जना नेपाली कामदार, कति छ तलब ? « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

कतारले माग्यो १८४ जना नेपाली कामदार, कति छ तलब ?



काठमाडौं । कतारले ठुलो संख्यामा नेपाली कामदार मागेको छ । कतारको Facilities  Managemant & Maintenance कम्पनीले २ वर्ष करार अवधिका लागि क्लिनर र टेक्निसियन पदका लागी १४२ पुरुष र ३२ महिला गरी १८४ जना नेपाली कामदार मागेको हो ।

कामदारको न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने कम्पनिले जनाएको छ । उनीहरुले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।
त्यसैगरी कामदारको खान बस्न सहित ३२ हजार देखि ७१ हजार सम्म तलब सुविधा दिने कम्पनिले जनाएको छ । काम गर्न विदेश जान इच्छुक र कम्पनिले तोके अनुसारको योगयता पुगेकाले साउन १२ र १३ मेनपावर soundlines recrument pvt महालक्ष्मीस्थान ललितपुरमा अन्तरवार्ता दिनु पर्ने छ ।

त्यस्तैगरि विदेशमा हुने मेडिकल खर्च, बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने छन भने नेपालमा हने सबैखालको शुल्क आफैले तिनुपर्ने कम्पनिले जानकारी दिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्