नेशनल लाईफको प्रथम विमा शुल्क ७० प्रतिशतले बढ्यो, कूल बीमाशुल्क १२ अर्ब पुग्यो « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

नेशनल लाईफको प्रथम विमा शुल्क ७० प्रतिशतले बढ्यो, कूल बीमाशुल्क १२ अर्ब पुग्यो



काठमाडौं । नेशनल लाइफ नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । कम्पनिले आर्थिक वर्ष २०७७/०७८ मा कूल बीमाशुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमाशुल्क चार अर्ब भन्दा माथि पु¥याउन सफल भएको हो ।

बीमा समितिको अनुसार एलआइसी नेपालको प्रथम बीमाशुल्क ३ अरब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाईफको .३ अरब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढि प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, नविकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमाशुल्क संकलन गरेकोमा गत आ.व.मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको हो ।

सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अव नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अरब ८४ करोड कूल बीमाशुल्क आम्दानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्