बुधबार सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । आज बुधबार सुनचाँदीको मुल्य घटेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा २० रुपैयाँले ओरालो लागेको छ ।
आज सुन तोलामा ७ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार ५०० र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार २०० र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो । मंगलबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा खरिद बिक्री भएको थियो।
