पहिलोपटक एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ । बैंकमार्फत डिम्याट खाता खोल्नुभएका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहकहरूले आईपीओ खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नुहुनेछ । कोरोना महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकोमा अबदेखि बैंकसम्म नपुगी NIC ASIA MoBank बाट आईपीओ आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।
यस बैंकको NIC ASIA MoBank प्रयोगकर्ता महानुभावहरूले एप भित्र रहेको Apply Share आइकनमा ट्याप गरेर आवेदन दिन सक्नुहुनेछ । Apply Share आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर Submit गरेपश्चात आवेदन पूरा हुनेछ । ग्राहकहरूले आफ्नो स्मार्टफोन प्रयोग गरी IPOआवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर IPO आवेदन दिनुपर्ने झन्झबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । यसरी घरमै बसेर IPO भर्ने सुविधा लिनका लागि बैंकका ग्राहकहरूले NIC ASIA MoBank डाउनलोड गरी तथा यस बैंकमा डिम्याट खाता खोली वा अहिलेसम्म बैंकमा आबद्ध नहुनुभएमा यस बैंकमा बचत खाता खोलेर NIC ASIA MoBank डाउनलोड तथा यस बैंकमा डिम्याट खाता खोल्नु भई समयमै IPO भर्ने सुविधाबाट लाभान्विन हुन सक्नुहुनेछ । साथै, बैंकले आफ्नो वेबसाइट www.nicasiabank.com मा रहेको Apply Now आइकनमा ट्याप गरेर समेत IPO आवेदन दिन सकिने व्यवस्था गरेको छ ।