नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस शेयर हितग्राही खातामा

काठमाडौं । नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा भएको छ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले साउन ८ गते शुक्रबार सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा १४ प्रतिशत बोनस शेयर जम्मा गरेको हो ।
लघुवितको असार २१ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाले १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो ।
कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।