माछापुच्छे बैंक लिमिटेडद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

माछापुच्छे बैंक लिमिटेडद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न



काठमाडौ । माछापुच्छे बैक लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज का.म.पा. ३ वडाको मुल सडक महाराजगञ्ज सल्लाघारी देखि न्युरो अस्पताल बासवरी सम्म १०० बिरुवा रोपेको हो ।


कार्यक्रममा माछापुच्छे बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडा का वडाध्यक्ष दिपक के.सीले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात भएको थियो ।


बैंकले देशभर रहेका ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्