पारस खड्काले सन्यास लिए « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

पारस खड्काले सन्यास लिए



काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।मंगलबार बिहान एक वक्तव्य सार्वजनिक गर्दै उनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

राष्ट्रिय टिमका अल राउण्डर पूर्व कप्तान खड्काले मैदान भित्र आफूले बिताएको दुई दशक मिठो यादका रुपमा रहने उल्लेख गरेका छन् । उनले आगामी दिनमा नेपाली क्रिकेटलाई नयाँ उचाइमा र्पुयाउन सबैले भूमीका खेल्ने विश्वास पनि व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्