प्रधानमन्त्रीले मागे विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको राजिनामा, होला त घिसिङको इन्ट्री ? « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

प्रधानमन्त्रीले मागे विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको राजिनामा, होला त घिसिङको इन्ट्री ?



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजिनामा मागेका छन् । प्रधानमन्त्री देउवाले उर्जामन्त्री पम्फा भुसाललाई शाक्यको राजिनामा माग्न भनेको स्रोतले बताएका छन् । स्रोतका अनुसार मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजिनामा दिन लगाएर पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएका हुन् । 


प्रधानमन्त्रीको निर्देशनपछि ऊर्जामन्त्री भुसालले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा दिन निर्देशन दिएकी हुन् । शाक्यको राजिनमा मागेर पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी थालेको हो । 

शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी उर्जा मन्त्री भुसालको तयारी रहेको उर्जा मन्त्रालय स्रोतको दाबी छ । कुलमान घिसिङलाई प्राधिकरणमा नियुक्त गर्न नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ठूलो भूमिका खेलेका छन् ।  


प्रतिक्रिया दिनुहोस्