सुदूरपश्चिम प्रदेश युवा परिषदले पायो पुर्णता, को–को बने नयाँ १३ सदस्य ? « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

सुदूरपश्चिम प्रदेश युवा परिषदले पायो पुर्णता, को–को बने नयाँ १३ सदस्य ?



काठमाडौं । सुदूरपश्चिम प्रदेश युवा परिषदमा १३ जना सदस्य नियुक्त भएका छन् । १३ जना सदस्य नियुक्त भएसँगै सुदूरपश्चिम प्रदेश युवा परिषदले पूर्णता पाएको छ । नवनियुक्त १३ जना सदस्यहरुले मंगलबार नै सपथ ग्रहण गरेका छन् । युवा परिषद्का अध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले नव नियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।

यससँगै सुदूरपश्चिम प्रदेश युवा परिषदले पुर्णता पाएको छ । यसअघि सुदूरपश्चिम प्रदेशको मन्त्री परिषदले कार्यकारी उपाध्यक्षमा युवराज कुँवरलाई नियुक्त गरेता पनि सदस्यहरुको पदपुर्ती हुन सकेको थिएन । रिक्त सदस्य पदपुर्ती गर्दा सबै क्षेत्रलाई समावेश गरिएको सामाजिक बिकास मन्त्री लाल बहादुर खडकाले बताए ।

युवा परिषदले प्रदेश सरकारले युवाका क्षेत्रमा अख्तियार गरेका कार्यक्रमहरुलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुका साथै हरेक क्षेत्रमा युवाको समुचित सहभागिताका लागि आवज उठाउने र समृद्धि प्रदेश निर्माणका लागि उत्पादन सँग युवालाई जोडि दक्ष युवा उत्पादनमा जोड दिने परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए ।

सपथ कार्यक्रममा सामजिक बिकास राज्यमन्त्री मना कुमारी साँउदको समेत सगभागिता रहेको थियो । त्यस्तै, धनगढी उपमाहानगपालिका ४ स्थित परिषदको प्रदेश कार्यलयको मन्त्री खडकाले उद्घाटन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्