सामाजिक सुरक्षा कोष विरुद्दको मुद्दामा अदालतको अन्तरिम आदेश, बैंकले स्वच्छिक निर्णय लिन पाउने « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

सामाजिक सुरक्षा कोष विरुद्दको मुद्दामा अदालतको अन्तरिम आदेश, बैंकले स्वच्छिक निर्णय लिन पाउने



कठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध दायर रिटमा सर्वाेच्च अदालतले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीका पाक्षमा फैसला गरेको छ । सर्वाेच्च अदालतले सामाजिक सुरक्षा कोष विरुद्द सर्वोच्च अदालतमा दायर रिटमा अदालतले कर्मचारीको पक्षमा अन्तरिम आदेश जारि गरेको हो । रिट माथि सुनुवाई गर्दै सर्वोच्चको पूर्ण इजलाशले आन्दोलनरत कर्मचारीको पक्षमा अन्तरिम आदेश जारि गरेको हो ।

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन नचाहने बैंकहरूलाई सूचिकृत गराउने प्रक्रिया यथास्थितिमा कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । त्यस्तै, मुद्दा संयुक्त इजलासमा दर्ता गरी ४५ दिनभित्र पूर्ण सुनुवाइका लागि पेसीमा चढाउन पनि सर्वोच्चले आदेश दिएको हो ।

न्यायधीशहरु अनिल कुमार सिन्हा, डा. अनिल चुडाल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलाशले अनिवार्य सुचिकृत हुन आउँनको लागि गरिएका सम्पूर्ण काम कारवाही य्स्थास्थितिमा राख्न अन्तरिम आदेश जारि गरेको हो ।

यसअघि संयुक्त इजलाशमा सुनुवाई भएकोमा २ न्यायधीशको राय बाझिएपछि पूर्ण इजलाशमा सुनुवाई भएको हो । बैंक तथा वित्तीय क्षेत्रका ६५ जना कर्मचारीले कोषविरुद्ध रिट दायर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्