अपि पावरको २ लाख १५ हजार कित्ता हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले वितरण हुन नसकेको शेयर लिलाम बढाबढ गरि साउन १३ गतेबाट विक्री खुल्ला गरेको थियो ।
गएको जेठ २० गतेदेखि असार १३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको २ लाख १५ हजार ५ सय ९९ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
इच्छुक लगानीकर्ताले आज बेलुका कार्यलय समयसम्म शिलबन्दी बोलपत्र पेश गरि आवेदन दिन सक्ने छन ।न्युनतम प्रतिसेयर १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्ने कमपनिले जनाएको छ ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ हात्तिसार मार्ग, कमलादी, काठमाडौँ तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगंज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरका शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनिले जानकारी दिएको छ ।