निर्धन उत्थान लघुवित्तले फड्को मार्यो, नाफा २२३.२६ प्रतिशतले छलाङ, कर्जा लगानी २४ अर्ब ७ करोड रुपैयाँ « Arthapath.com
२६ असार २०८२, बिहीबार

निर्धन उत्थान लघुवित्तले फड्को मार्यो, नाफा २२३.२६ प्रतिशतले छलाङ, कर्जा लगानी २४ अर्ब ७ करोड रुपैयाँ



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २२३.२६ प्रतिशत बढेर ९१ करोड ९१ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले खुद नाफा २८ करोड ४३ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४३.५४ प्रतिशत बढेर २ अर्ब १४ करोड ३३ लाख ४० हजार रुपेउाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी १ अर्ब ४९ करोड ३२ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको अन्य सञ्चालन आम्दानी २५.४२ प्रतिशत बढेर ४६ करोड ४७ लाख ४३ हजार रुपैयाँ बढेको छ भने सञ्चालन मुनाफा २ अर्ब ८० करोड ३८ लाख २६ हजार रुपैयाँ ऋणात्मक छ । यस अवधिमा दलघुवित्तको सम्भावित जोखिम बापतको व्यवस्थामा ४ अर्ब २६ करोड २३ लाख २३ हजार रुपैयाँ छुट्याएको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १३ प्रतिशत बढेर १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ, जगेडा कोष ५१.३९ प्रतिशत बढेर २ अर्ब ८० करोड १० लाख ४६ हजार रुपैयाँ, निक्षेप १८.५७ प्रतिशत बढेर १५ अर्ब ८१ करोड ९२ लाख १ हजार रुपैयाँ र कर्जा लगानी १९.४९ प्रतिशत बढेर २४ अर्ब ७ करोड ७५ लाख ६३ हजार रुपैयाँ पुगेको छ भने सापटी ८.८६ प्रतिशत घटेर ६ अर्ब ३२ करोड ९५ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ २७ पैसा बढेर ५४ रुपैयाँ २३ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २६५ रुपैयाँ २५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.५१ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्