साउन २७ गते लुम्बिनीका मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने « Arthapath.com
२१ श्रावण २०७८, बिहीबार

साउन २७ गते लुम्बिनीका मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने



काठमाडौं । साउन २७ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल हुने भएको छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।

साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमा साउन २७ गते छलफल हुने लुम्बिनी प्रदेशले एक सुचना जारी गदै जानकारी दिएको छ ।
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी आह्वान गरेका छन ।


प्रतिक्रिया दिनुहोस्