शुक्रबार सुन तोलामा ५ सयले घट्यो

काठमाडौ । साताको अन्तिम दिन आज शुक्रबार सुन एकैदिन तोलामा ५ सयल घटेको छ । सुन तोलामा
५ सयले घटेर छापावाला सुन ९१ हजार ५ सय र तेजावि सुन ९१ हजारमा कारोकार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहिबार छापावाला सुन ९२ हजार र तेजावि सुन ९१ हजार ५ सय र चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
