मेगा बैंकको नयाँ शाखा बाराको जीतपुरमा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ ।प्रदेश नम्बर २ अन्तरगत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।
मेगा बैंकले केही दिन अघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो । त्यसैगरी थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको बैंकले जनाएको छ ।यौ संगै मेघा बैंकको शाखा १ सय ८५ पुगेको छ ।