नेपाल टेलिकमले ल्यायो सीयूजी अफर, के-के छन् योजनाहरु ? « Arthapath.com
२२ श्रावण २०७८, शुक्रबार

नेपाल टेलिकमले ल्यायो सीयूजी अफर, के-के छन् योजनाहरु ?



काठमाडौ । नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरूका लागिे विभिन्न अफरहरु ल्याएको छ । टेलीकमले कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरुको आवश्यकतालाई ध्यान गरि २ सय, ५ सय, १ हजार र १५ सय दरका विभिन्न सीयूजी प्याकेजहरु ल्याएको हो ।

टेलीकमले उपलब्ध गराइरहेको यस सेवामा प्रिपेड मोबाइलका ग्राहकले २०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने १ जीबी डाटा सुविधा उपलब्ध हुने कम्पनिले जनाकारी दिएको छ ।

त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले ५०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस सुविधा तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने ५ जीबी डाटा सुविधा पाउने छन ।


टेलीकमले २ वटा बाहेक पोस्टपेड मोबाइलका ग्राहकले १ हजार र १५०० का अन्य प्याकेज समेत प्रयोग गर्न सक्नेछन । १ हजारको प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा १००० मिनेट कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सक्ने छन ।उक्त प्याकेजमा १० जीबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिन्छ । भने १५०० को प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा १५०० मिनेट कल गर्न मिल्ने छ । उक्त प्याकेजमा अन्य नेटवर्कमा २०० मिनेट कलका अतिरिक्त २० जीबी डाटा चलाउन र ४०० वटा एसएमएस पठाउन सकिने नेपाल टेलीकमले जनाएको छ ।


त्यसैगरी कुनै संस्था/कार्यालयले ग्रुपमा सहभागी गराउनु पर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा उल्लेख गरी कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ । न्यूनतम १० जना प्रिपेड÷पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराउने कम्पनिले जनाएको छ ।

टेलीकमले ल्याएको सीयूजी सेवाको बारेमा थप जानकारी लिनका लागि ०१४२१०२४१ वा ०१४२१०२९१ मा फोन गर्न सक्ने कम्पनिले जानकारी दिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्