सुनचाँदीको मूल्य निरन्तर ओरालो लाग्दै, एकै दिन १५ सय रुपैयाँले घट्यो « Arthapath.com
२४ श्रावण २०७८, आईतवार

सुनचाँदीको मूल्य निरन्तर ओरालो लाग्दै, एकै दिन १५ सय रुपैयाँले घट्यो



काठमाडौं । छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ९० रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुनको मूल्य तोलामा १ हजार ४५० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सनुको मूल्य तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्