आइतबार ५५ जनाको ज्यान गयो, थप २५४८ जनामा कोरोना संक्रमण

काठमाडौं । आज आइतबार कोरोना संक्रमणबाट ५५ जनाको ज्यान गएको छ । यो संगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९३ पुगेको छ ।
त्यसैगरी वितेको २४ घण्टामा थप २ हजार २९ जनाको कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६९ हजार २ सय ९९ पुगेको छ । त्यसैगरी देशभर ३५ हजार ४ सय ८५ जना संक्रिय संक्रमित रहेका छन ।
पछिल्लो २४ घण्टामा २ हजार १ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।