आईपीओमा नयाँ रेकर्ड: अन्तिम दिन २४ लाख १९ हजारले सानिमा लाइफको आईपीओमा भरे आवेदन

काठमाडौं । सानिमा लाइफको आईपीओमा आवेदन भर्नेमा नयाँ रकेर्ड बनाएको छ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा अन्तिम दिन ६.८४ गुणा बढी आवेदन परेको छ । निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार ३ बजेसम्मको तथ्याङ्क अनुसार २४ लाख १९ हजार १२७ जनाले ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयरको लागि आवेदन दिएका छन् । यो हालसम्म कै धेरे आवेदन परेको हो । यसअघिको रेकर्ड ब्रेक गर्दै कम्पनीको आईपीओमा हालसम्म कै धेरै आवेदकले सेयर खरिद गरेका हुन् ।
कम्पनीले बुधबारदेखि ६० करोड रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्याईएको छ । बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।