गृह सचिवको जिम्मेवारी टेकनारायण पाण्डेलाई « Arthapath.com
२५ श्रावण २०७८, सोमबार

गृह सचिवको जिम्मेवारी टेकनारायण पाण्डेलाई



काठमाडौं । सरकारले गृह सचिवको जिम्मेवारी टेकनारायण पाण्डेलाई दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको सरुवा गरेर पाण्डेलाई गृह सचिवको जिम्मा दिएको हो ।

२०७६ फागुनमा सचिवमा बढुवा भएका पाण्डे भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव थिए । त्यस्तै, सहसचिव गोविन्दप्रसाद शर्मा सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषद बैठकले सहसचिव शर्मालाई सचिवमा बढुवा गरी कृषि मन्त्रालयको सचिवमा पदस्थापना गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्