मंगलबार सुनको भाउ बढ्यो, कति छ तोलामा ?

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । आज सुन छापावाल सुन प्रतितोला २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतिकित्ता १५० रुपैयाँले बढेर छापावाला सुनको भाउ प्रतितोला ८९ हजार २ सय, तेवाजी सुनको ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
हिजो सुन तोलामा १ हजारले बढेर छापावाला सुनको भाउ प्रतितोला ८९ हजार रुपैयाँ, तेजावी ८८ हजार ५५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।