काठमाडौंमा निषेधाज्ञा कडाईः बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन रोक « Arthapath.com
२६ श्रावण २०७८, मंगलवार

काठमाडौंमा निषेधाज्ञा कडाईः बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन रोक



काठमाडौं । कोरोना संक्रमण दर बढेपछि काठमाडौं उपत्यकाको निषेधाज्ञामा कडाई गरेको छ । अब काठमाडौं उपत्यकामा सवारीसाधन सञ्चालनमा कडाई गरेको हो ।

काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुनेगरि सवारी साधनमा कडाई गरेको हो । उपत्यकामा बिहीबारदेखि ८ बजेपछि सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाईएको हो । कोरोना संक्रमण दैनिक बढेको र कोरोनाको तेस्रो लहरको रोकथाम गर्न भदौसम्मका लागी यस्तो निर्णय गरिएको हो ।

कोरोना संक्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रण गर्न राती ८ बजेदेखि अत्यावश्यकबाहेक निजी र सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्