अविश्वासकाे प्रश्तावअघिनै लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा « Arthapath.com
२१ असार २०८२, शनिबार

अविश्वासकाे प्रश्तावअघिनै लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा



काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा पोखरेल विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल हुनु अगाबै उनले राजीनामा दिएका हुन ।

विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् । भने उनलाई अविश्वासको मत दर्ता गरेका थिए ।

पोखरेल २०७४ साल फागुन ३ गते पहिलोपटक र गएको बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, मामाओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्