नेपाल रेल्वे कम्पनिका महाप्रवन्धक गुरु भट्टराईले दिए राजीनामा « Arthapath.com
२७ श्रावण २०७८, बुधबार

नेपाल रेल्वे कम्पनिका महाप्रवन्धक गुरु भट्टराईले दिए राजीनामा



काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । आज महाप्रबन्धक भट्टराईले राजीनामा दिएका हुन् ।सरकारले महाप्रबन्धक भट्टराईको काम कारबाहीमा त्रुटि देखाउँदै स्पष्टीकरण सोधेको थियो ।

सोही अनुसार आज भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन् । भट्टराईलाई मन्त्रीपरिषदको सिफारीसमा प्रधामन्त्री केपी शर्मा ओलीले २०७७ साल जेठ ३० गते नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा नियुक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्