ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्ती बाट भुक्तानी गर्न सकिने

काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट ले ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्ती बाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ ।
डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याईएको कम्पनिले जनाएको छ ।
सन् १९४७ मा स्थापना भएको ओरिएण्टल इन्स्योरेन्स निर्जीवन इन्स्योरेन्स कम्पनी हो जसले नेपालमा सन् १९५६ देखि ग्राहकहरुलाई निरन्तर रुपमा बीमा सम्बन्धि सुविधा प्रदान गर्दै आइरहेको छ । यो सुविधा कार्यान्वयनमा आए सँगै अब ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ ।
ओरिएण्टल लाईफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क यसरि तिर्नुहोस खल्ती बाट
१ खल्ती एप लगइन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने
२ “ओरिएण्टल लाईफ इन्स्योरेन्स” सेलेक्ट गर्ने
३ सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने
५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ ।