नेप्से सामान्य अंकले बढ्यो, १५ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । आज बुधबार नेप्से ०.९४ अंकले बढेको छ । आज दिनभर शेयर बजार उतारचडावका विच ०.९४ अंकले बढेर परिसुक ३१६२.५९ अंकमा पुगरे बजार बन्द भएको छ ।
आज सबैभन्दा बढि व्यापार समुहका लगानिकर्ताले गुमाएका छन । भने हाईड्रोपावर समुहका लगानिकर्ताले सबैभन्दा बढि कमाएका छन । व्यापार समुह ४९.६५ अंकले घटेको छ । भने हाईड्रोपावर समुह १४४.७९ अंकले बढेको छ ।
आज दिनभर २ सय ३० कम्पनिको २७ करोड २९ लाख ८ हजार ६ सय २४ कित्ता शेयर १३ लाख ९ हजार २ सय १८ पटक किनबेच हुदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँको कारोबार भएको छ ।

आज होटल एण्ड टुरीजम क्षेत्र १०२.९१, निर्जिवन विमा समुह ४३.८, जिवनविमा समुह १०.०५, माईक्रोफाइनान्स समुह ७.९९ अंकले बढेको छ । भने फाइनान्स समुह १९.६६, बैकिङ समुह १४.१७, विकास बैंक समुह ४१.२ अन्य समुह १२ अंकले घटेको छ ।
